images
images

माघ महिनामा २५ अर्बले बढ्यो निक्षेप, कर्जा लगानी कति ? 


  • 312
    SHARES
  • २०७९ फाल्गुण ४ गते बिहीबार

    माघ महिनामा २५ अर्बले बढ्यो निक्षेप, कर्जा लगानी कति ? 

    काठमाडौं । माघमहिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै बढेको छ । नेपाल बैंकर्ष संघका अनुसार पुसको अन्तिम सातासम्ममा बैंकहरुलेको निक्षेप ४७ खर्ब १६ अर्ब रहेको थियो भने माघ महिनाको अन्तिम सातासम्ममा बैंकहरुको निक्षेप २५ अर्ब रुपैयाँले बढेर ४७ खर्ब ४१ अर्ब पुगेको छ । 

    त्यस्तै, संघका अनुसार सो अवधिमा बैंकहरुको कर्जा लगानी १२ अर्ब रुपैयाँले बढेको छ । पुसमहिनाको अन्तिमसम्मा बैंकको कर्जा ४२ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो भने माघ महिनाको अन्तिम सातासम्ममा बैंकहरुको कर्जा बढेर ४२ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।  

    कुन साता कतिले बढ्यो निक्षेप र कर्जा ? 

    माघ महिनाको पहिलो साता अथात् माघ ६ गतेसम्ममा बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले घटेको थियो । पुसमहिनाको अन्तिम साता बैंकहरुको निक्षेप ४७ खर्ब १७ अर्ब रुपैयाँ रहेको निक्षेप माघ महिनाको पहिलो सातामा ८ अर्ब रुपैयाँले घटेर ४७ खर्ब ८ अर्ब रुपैयाँ पुगेको थियो । साेही अवधिमा बैंकहरुको कर्जा ४२ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो भने माघ महिनाको पहिलो साता अथात् माघ ६ गतेसम्मा ४ अर्ब रुपैयाँले घटेर ४२ अर्ब ७४ अर्ब रुपैयाँ पुगेको थियो । 

    त्यस्तै, साताको दोस्रो साता माघ १३ गतेसम्ममा बैंकहरुको निक्षेप १२ अर्ब रुपैयाँले बढेर ४७ खर्ब २० अर्ब रुपैयाँ पुगेको थियो भने कर्जा लगानी ६ अर्ब रुपैयाँले बढेर ४२ खर्ब ८० अर्ब रुपैयाँ पुगेको थियो । 

    माघ २० गतेसम्ममा निक्षेप ३ अर्ब रुपैयाँले बढेर ४७ खर्ब २३ अर्ब रुपैयाँ पुगेको थियो भने कर्जा लगानी स्थिर रहेको थियो । माघ २७ गतेसम्मा बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले बढेर ४७ खर्ब २७ अर्ब रुपैयाँ पुगेको थियो भने कर्जा ७ अर्ब रुपौयँले बढेर ४२ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको थियो । 

    माघ २९ गतेसम्ममा निक्षेप १४ अर्ब रुपैयाँले बढेर ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने कर्ता लगानी ३ अर्ब रुपैयाँले बढेर ४२ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । 


    images
    images

    Logo