images
images

५ लाख नक्कली नोटसहित तीनजना पक्राउ


  • 218
    SHARES
  • २०७९ फाल्गुण ३ गते बुधबार

    ५ लाख नक्कली नोटसहित तीनजना पक्राउ

    काठमाडौं । बाँकेको नेपालगञ्जबाट करिब ५ लाखभन्दा बढी नेपाली नक्कली नोटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । 

    बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन् । उनीहरुको साथबाट प्रहरीले एक हजारका नक्कली नोट पाँच सय ६९ थान बरामद गरेको छ । 

    रानाका साथबाट चार सय १८ थान नक्कली नेपाली एक हजारको नोट र कुमाइको साथबाट एक सय ५१ थान नक्कली नेपाली एक हजारको नक्कली नोट  बरामद गरिएको छ । नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीनैजनालाई मङ्गलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।  


    images
    images

    Logo