images
images

एकीकृत शेयर कारोबारमा ढिलासुस्ती, ५ कम्पनीको शेयर कारोबार अझै खुलेन


  • 619
    SHARES
  • २०७९ फाल्गुण ३ गते बुधबार

    एकीकृत शेयर कारोबारमा ढिलासुस्ती, ५ कम्पनीको शेयर कारोबार अझै खुलेन

    काठमाडौं । मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार गरेको लामो समय भइसक्दा पनि शेयर कारोबार सुचारु नहुने समस्या देखिएको छ । मर्जर तथा प्राप्तिका कारण लामो समय शेयर कारोबार रोकिने समस्या अन्त्य गर्नकै लागि नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले गत कात्तिक २४ गतेदेखि मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेको थियो ।

    उक्त निर्देशिकामा एकीकृत कारोबार गरेको बढीमा १५ कारोबार दिन मात्र दोस्रो बजारमा शेयर किनबेच रोक्का गर्ने व्यवस्था छ । पुसमै एकीकृत कारोबार शुरू गरिसकेका पाँच कम्पनीको शेयर कारोबार अझै खुलेको छैन । 

    सेञ्चुरी कमर्सियल, नेपाल इन्भेष्टमेण्ट मेगा, बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको एकीकृत कारोबार भएको लामो समयसम्म पनि दोस्रो बजारमा शेयर कारोबार रोक्का छ । 


    images
    images

    Logo