काठमाडौं । २ बैंकको एकिकृत कारोवार फागुन १२ गतेदेखि हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर फागुन १२ गतेदेखि एकीकृत कारोबारको सुरु गर्न लागेको हो ।
प्रप्त्तिपछि हिमालयन बैंक लिमिटेडको नामबाट कारोबार सुरु गर्न लागेको बैंकले जनाएको छ । हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । सिस्टम अपग्रेड र डाटा माइग्रेसनको लागि दुबै बैंकको शाखा कार्यालयहरु ८ गतेदेखि ११ गतेसम्म बस्द रहने पनि बैंकले जनाएको छ ।
प्राप्ति पश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादी, काठमाडौमै रहने भएको छ ।
दुवै बैंकले एकीकृत कारोबार निम्ति सिस्टम अपग्रेड गर्नका लागि २ दिन बैंकिङ्ग कारोबार बन्द गर्ने भएका छन् । मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् ।



