काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो बराबरको ट्रेजरी विल जारी गर्ने लागेको हो ।
बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ७ अर्बको करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने लागेको हो । जसमा ५ अर्बको नयाँ रहेको छ । त्यस्तै, १८२ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ ।
उक्त ट्रेजरी विल २८ दिनको फागुन ३० गते परिपक्क हुनेछ भने ९१ दिनको आगामी जेठ २ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको अगामी साउन ३० गते परिपक्क हुनेछ । यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।



