काठमाडौं । नेपाल टेलिकमले ४ अर्ब २५ करोड नाफा कमाएको छ । टेलिकमले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार सो रकम बराबरको नाफा कमाएको हो । यो गतवर्षको तुलनामा ९.१६ प्रतिशत बढी हो । गत वर्ष यस्तो रकम ३ अर्ब ८९ करोड रहेको थियो ।
त्यस्तै, सो अवधिमा कम्पनीको बिक्री वितरण आम्दानी १८ अर्ब ७ करोड रुपैयाँ रहेको छ । यो गतवर्षको तुलनामा ५.८८ प्रतिशत कम हो । बिक्री वितरण आम्दानी घटेपनि कम्पनीको अन्य आम्दानी भने ४४.६४ प्रतिशत बढेर ४ अर्ब २ करोड रुपैयाँ ुगेको छ । गत वर्ष यस्तो रकम २ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो ।
दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ २८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ५ सय १२ रुपैयाँ ९२ पैसा रहेको छ ।