काठमाडौं । विकास बैंकहरुले फागुन महिनामा व्याजदर घटाउने भएका छन् । शुक्रबार बसेको विकास बैंकहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन (डिबान)को बैठकले फागुनमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।
उक्त बैठकले हालको ब्याजदरमा ०.२५ प्रतिशतको विन्दु घटाउँदै फागुनमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा ११.७५ प्रतिशत, संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम गर्ने निर्णय गरेको छ ।
हाल विकास बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत ब्याजदर दिँदै आएका छ ।