काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) का महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरण ठाकुरले गैरकानुनी कार्य गरेको भन्दै निलम्बन गरेको हो ।
ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिएको अडियो बाहिरिएपछि प्राधिकरणले निलम्बन गरेको हो । ठाकुर विमानस्थलमा २ वर्षदेखि प्रमुखका महाप्रबन्धक रुपमा कार्यरत थिए ।