images
images

ऋण लिएर भाका नाघेका ऋणीलाई एक महिनासम्म पेनाल व्याज नलाग्ने


  • 695
    SHARES
  • २०७९ माघ २७ गते शुक्रबार

    ऋण लिएर भाका नाघेका ऋणीलाई एक महिनासम्म पेनाल व्याज नलाग्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदो जेठ मसान्तसम्मको लागि ऋणीले तिर्नुपर्ने साँवा/ब्याज भाखा नाघेको १ महिनाभित्र तिरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गर्ने भएको छ । बैंकले शुक्रबार चालु बर्षको मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा सार्वजनिक गर्दै २०८० जेठ  मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिने जनाएको हो ।

    ‘२०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा र ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिनेछ’ मौद्रिक नीतिको समीक्षामा भनिएको छ । 

    गत पुसमसमान्तसम्म सकृय वर्गमा रहेका २ करोडसम्म ऋण लिएकाहरुलाई राष्ट्र बैंकले ऋण पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने सुविधा दिएको छ। २ करोडसम्म ऋण लिएका यी ऋणीले २०८० असार मसान्तसम्म आफ्नो ऋण पुनर्संचरना वा पुनर्तालिकीकण गराइसक्नु पर्छ। यसको सर्त भनेको पुससम्म ऋणको ब्याज र किस्ता तिरेको हुनुपर्छ।


    images
    images

    Logo