काठमाडौं । राष्ट्र बैंकले बस्तु आयातको प्रतीतपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नुपर्ने प्रावधान पुनः लागू गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत बाह्य क्षेत्रमा पुनः दवाव पर्नेसक्ने सम्भावना देखिएकाले एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था फेरि लागू गरेको हो ।
बैंकले चालु वर्षको मौद्रिक नीतिमार्फत बस्तु आयातमा अनिवार्य शत् प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने प्रावधान ल्याएको थियो तर गत पौष पहिलो हप्ताबाट यो व्यवस्था हटाएकोमा पुनः मौद्रिक नीतिको समीक्षामार्फत लागू गरिएको हो ।
तथापि, केही वस्तुहरुको आयातमा लगाइएको प्रतिबन्ध र प्रतीतपत्र खोल्दा राख्नुपर्ने नगद मार्जिनसम्वन्धी व्यवस्था पूर्ण रुपले हटाइएको सन्दर्भमा आयात पुनः बढ्न गई बाह्य क्षेत्रमा दबाब पर्न सक्ने सम्भावना रहनुको साथै औसत मुद्रास्फीति अझै पनि लक्ष्यभन्दा माथि रहेकोले चालु वर्षको मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई यथावत राखिएको छ’ राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा भनेको छ ।



