images
images

नागरिक लगानी कोषको नाफा ५१ करोड ३२ लाख, अन्य सूचक कस्तो छ ?


  • 558
    SHARES
  • २०७९ माघ २७ गते शुक्रबार

    नागरिक लगानी कोषको नाफा ५१ करोड ३२ लाख, अन्य सूचक कस्तो छ ?

    काठमाडौं । नागरिक लगानी कोषले ५१ करोड ३२ लाख नाफा कमाएको छ । कोषले सार्वजनिक गरेको विवरण अनुसार पुस मससान्तसम्ममा कम्पनीले सो रकम बराबर नाफा काएको हो । गत वर्षको तुलनामा यो ३१.७८ प्रतिशत बढी हो। गत वर्ष यस्तो नाफा ३८ करोड ९४ लाख रुपैयाँ रहेको थियो । 

    सो अवधिमा कम्पनीको ब्याज आम्दानी १३९.३३ प्रतिशतले बढेर २१ करोड २४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल आम्दानी २३.३६ प्रतिशतले बढेर ८३ करोड ४३ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च ४.४९ प्रतिशत घटेर १५ करोड रुपैयाँमा झरेको छ ।

    सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ९५ रुपैयाँ ६५ पैसा रहेको छ । 


    images
    images

    Logo