images
images

राष्ट्र बैंकले गर्यो एकिकृत निर्देशनमा संशोधन, कर्जा असुलीको सूचना जारी गर्दा व्यक्तिको फोटो राख्न नपाइने


  • 562
    SHARES
  • २०७९ माघ २६ गते बिहीबार

    राष्ट्र बैंकले गर्यो एकिकृत निर्देशनमा संशोधन, कर्जा असुलीको सूचना जारी गर्दा व्यक्तिको फोटो राख्न नपाइने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकिकृत निर्देशनमा संशोधन गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज बिहिबार उक्त निर्देशन जारी गरेको हो  ।

    उक्त निर्देशनमा अब बैंकहरुले कर्जा असुलीको लागि सार्वजनिक सूचना जारी गर्दा व्यक्तिको फोटो राख्न नपाउने भएका छन् । कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ । 

    एक वर्ष भन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्ने व्यवस्था राष्ट्र बैंकले  गरेको छ । 


    images
    images

    Logo