images
images

एकैदिन १० अर्बले घट्यो बैंकहरुको निक्षेप, कर्जा लगानी भने बढ्यो


  • 323
    SHARES
  • २०७९ माघ २६ गते बिहीबार

    एकैदिन १० अर्बले घट्यो बैंकहरुको निक्षेप, कर्जा लगानी भने बढ्यो

    काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन १० अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार माघ २५ गते बैंकहरुको निक्षेप सो रकम बराबर घट्न पुगेको हो । 

    माघ २४ गते ५३ खर्ब ६५ अर्ब रुपैयाँ रहेको निक्षेप २५ गते एकैदिन १० अर्ब रुपैयाँले घटेर ५३ खर्ब ५५ अर्ब रुपैयाँमा झरेको छ । त्यस्तै, सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन १० अर्ब रुपैयाँले घटेको छ । माघ २४ गते ४७ खर्ब २७ अर्ब रुपैयाँ रहेको थियो २५ गते सो रकम १० अर्बले घटेर ४७ खर्ब १७ अर्ब रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

    त्यसैगरि, सोही समयमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप भने १ अर्ब रुपैयाँले घटेको छ । २४ गते ६ खर्ब ३९ अर्ब रुपैयाँ रहेको निक्षेप २५ गते १ अर्बले घटेर ६ खर्ब ३८अर्ब रुपैयाँमा झरेको छ ।

    यसरी बैंकहरुको निक्षेप एकैदिन १० अर्बले घट्दा कर्जा लगानी भने ६ अर्ब रुपैयाँले बढेको छ । माघ २४ गते ४८ खर्ब १८ अर्ब रहेको कर्जा लगानी २५ गते ६ अर्बले बढेर ४८ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । सो समयमा वाणिज्य बैंकको कर्जा लगानी ६ अर्बले बढेर  ४२ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको १ अर्बले घटेर ५ खर्ब ४४ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

    माघ २५ गते बैंकहरुको सीडी रेसियो पनि बढेर ८६.६३ प्रतिशतमा पुगेको छ । 


    images
    images

    Logo