काठमाडौं । बाणिज्य बैंकहरुको व्याजदर फागुन महिनामा पनि नघटाउने भएको छ । विहीबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले फागुनमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको हो ।
वाणिज्य बैंकहरूले आगामी फागुनमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज बसेको वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले फागुनमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन ।
हाल व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत रहेको छ । यस्तै बचतको न्यूनतम ब्याजदर ६ प्रतिशत र रेमिट्यान्स निक्षेपमा भने न्यूनतम १ प्रतिशत रहेको छ । माघको यहि ब्याजदरले फागुनमा पनि निरन्तरता पाउने भएको छ।