images
images

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १० गतेदेखि सुरु 


  • 708
    SHARES
  • २०७९ माघ २५ गते बुधबार

    हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १० गतेदेखि सुरु 

    काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले फागुन १० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । यस अघि माघ १८ गतेदेखि एकीकृत कारोबार गर्ने भनेपनि सो दिन बाट एकीकृत कारोबार हुन सकेको थिएन् । 

    दुवै बैंकले गत असारमा प्रारम्भिक सम्झौता गरेका थिए । सोही सम्झौता अनुसार हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । 
     
    प्रारम्भिक सम्झौता हुँदा मर्जरपश्चात् पनि हिमालयन बैंकको सञ्चालक समिति कायम रहने सहमति भएको छ भने मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् ।

    राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाएको एक महिना भित्र एकीकृत कारोबार गर्नुपर्ने व्यवस्था रहेको छ  । सो व्यवस्था अनुसार राष्ट्र बैंकले फागुन १६ गतेभित्र एकीकृत कारोबार गर्ने निर्देशन दिएको छ । 
       

     


    images
    images

    Logo