काठमाडौं । नेपाल राष्ट्र बैंकले नविल बैंक सहित ९ वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले नियम उलंघन गरेको भन्दै १० बैंकलाई कारबाही गरेको हो ।
यसरी कारवाहीमा पर्नेमा प्रभु बैंक, कुुमारी बैंक, तत्कालिन बैंक अफ काठमाण्डू( हाल ग्लोवल आईएमई बैंक) प्राइम कमर्सियल बैंक रहेका छन् । माछापुच्छे बैंक, सानिमा बैंक, तत्कालिन नेपाल इन्भेष्मेष्ट्र बैंक( हाल नेपाल इन्भेष्मेष्ट्र मेगा बैंक), सिभिल बैंक र नविल बैंक रहेका छन् ।
राष्ट्र बैंकको सुपरीवेक्षण विभागले ४ बैंकलाई नगद जरिवाना सहित कारवाही गरेको छ । राष्ट्र बैंकले प्रभु बैंकलाई सम्पत्ति सुद्धिकरण सम्बन्धि ऐन र निर्देशनहरुको उलंघन गरेको भन्दै ५० लाख रुपैयाँ जरिवाना समेत गरेको छ भने कुुमारी बैंकलाई सम्पत्ति सुद्धिकरण सम्बन्धि ऐन र निर्देशनहरुको उलंघन गरेको भन्दै ५० लाख रुपैयाँ जरिवाना समेत गरेको छ ।
त्यस्तै, तत्कालिन बैंक अफ काठमाण्डू( हाल ग्लोवल आईएमई बैंक) र प्राइम कमर्सियल बैंक सम्पत्ति सुद्धिकरण सम्बन्धि ऐन र निर्देशनहरुको उलंघन गरेको भन्दै ५०/५० लाख रुपैयाँ जरिवाना गरेको छ । उक्त १० बैंकहरुले राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरु सञ्चालन गरेको, कर्जा लगानी गरेपछि बढी प्रिमियम असुल गरेको तथा आधार दरभन्दा कम ब्याजदरमा कर्जा दिएको भन्दै बैंकहरुलाई कारबाही गरेको हो ।
माछापुच्छ्रे बैंकले राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०७८ को कार्यान्वयनको सम्बन्धमा क्यासटिल एडिक्युसी फ्रेर्मवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको कारणले पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेको देखिएकोले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै प्रभु बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन उल्लङ्घन हुने गरी तत्कालिन प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको देखिएकोले बैंकलाई सचेत गराइएको जनाएको छ ।
यसैगरी तत्तकालिन नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक र सिभिल बैंकले एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः बृद्धि हुने जस्ता योजना लागू गर्न पाइने छैन ।” भन्ने व्यवस्थाको अनुपालना नगरेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार नबिल बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था अनुसार ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नगरेको भन्दै सचेत गराएको छ भने प्रभु बैंकले कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्था पालना नगरेको पाइएकोले सचेत गराएको हो ।







