काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाष कोष अन्तर्गत रहेको कर्मचारी सुरक्षा कोषमा रहेको २४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार एक सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपमा लगानी गर्ने लागेको हो ।
राष्ट्र बैंकले क वर्गको बाणिज्य बैंकहरुमा १९ करोड २० लाख, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा ३ करोड ६० लाख र ग वर्गका राष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्थाहरुमा १ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई फागुन ५ गते कार्यलय समय भित्र जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६६ दिन अवधिको हुनेछ ।



