images
images

कामना सेवा विकास बैंकका सीईओसहित ४ पक्राउ


  • 433
    SHARES
  • २०७९ माघ १८ गते बुधबार

    कामना सेवा विकास बैंकका सीईओसहित ४ पक्राउ

    काठमाडौं । कामना सेवा विकास बैंकका बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतससहित ४ पक्राउ परेका छन् ।  बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा  सीईओसहित ४ जना पक्राउ परेका हुन् । 

    पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । पक्राउ परेकाहरुमाथि बैंकिङ कसूर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको छ । 

    ३२ करोड रुपैयाँ कर्जा अपचलन प्रकरणमा सीइओ बस्नेतसहित कर्मचारी, भ्यालुएटर र ऋणीलाई गत साता झापाको दमक प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको थियो ।


    images
    images

    Logo