images
images

आयल निगमले गर्यो २ पेट्रोल पम्पलाई नगद जरिवाना, यस्तो छ कारण


  • 355
    SHARES
  • २०७९ माघ १८ गते बुधबार

    आयल निगमले गर्यो २ पेट्रोल पम्पलाई नगद जरिवाना, यस्तो छ कारण

    काठमाडौं । नेपाल आयल निगमले २ वटा पेट्रोल पम्पमालाई नगद जरिवाना गरेको छ । निगमले बुधवार विज्ञप्ती जारी गर्दै सो जानकारी गराएको हो । 

    निगमले उक्त पेट्रोल पम्पलाई चोरीको इन्धन किनेको भन्दै १ लाख रुपैयाँ जरिवाना गरेको छ । साथै, ६ महिनाका लागि आपूर्ति समेत बन्द गरेको निगमले जनाएको छ । 

    सप्तरीको शम्भुनाथ नगरपालिका १ स्थित भण्डार आयल स्टोर र कसरा गाउँपालिकास्थित दिलिप ट्रेडर्सले ट्यांकर चालकसँगको मिलोमतोमा डिजेल खरिद गरेको निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

    निगमको करार सम्झौतामा संचालित ढुवानीकर्ता गुणराज निरौलाको नाममा रहेको को १ ख ३६५५ नम्बरको ट्यांकरबाट उक्त इन्धन चोरी भएको थियो । 

     


    images
    images

    Logo