images
images

प्राधिकरणले दियो १० बीमा कम्पनीलाई यस्तो चेतावनी, कुन कुन परे ?


  • 397
    SHARES
  • २०७९ माघ १८ गते बुधबार

    प्राधिकरणले दियो १० बीमा कम्पनीलाई यस्तो चेतावनी, कुन कुन परे ?

    काठमाडौं । १० बीमा कम्पनी नेपाल बीमा प्राधिकरणको तेतावनी दिएको छ । प्राधिकरणले उक्त बीमा कम्पनीहरुलाई समयमा विवरण उपलब्ध नगराएको भन्दै समयमै चौमासिक रुपमा विवरण उपलब्ध गराउन चेतावनी दिएको हो । 

    प्राधिकरणले गुराँस लाइफ, युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीलाई पहिलो पटकका लागि चेतावनी दिएको छ ।

    सो कम्पनीहरुले यो चेतावनीलाई अटेर गरेर दोस्रो पटक पनि चौमासिक रुपमा विवरण उपलब्ध नगराए प्राधिकरणले बीमा पोलिसी जारी गर्न रोक लगाउने छ । साथै, त्यस पछि पनि अटेर गरेमा बीमा कम्पनीहरुलाई जरिवाना समेत गर्ने प्राधिकरणले जनाएको छ । 


    images
    images

    Logo