काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संसद पद रिक्त भएको प्रतिनिधि सभामा जानकारी दिएका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैंकका सभामुखले सर्वोच्च अदालतबाट प्राप्त पत्र अनुसारको जानकारी सदनलाई गराएका हुन् ।
सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएपछि त्यो पद रिक्त भएको हो । लामिछाने चितवन २ वाट निर्वाचित भएका थिए । सभामुख घिमिरेले संविधानको धारा ८९ बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको जानकारी प्रतिनिधिसभालाई गराएका हुन् ।
सांसद पद रिक्त रहेको जानकारी प्रतिनिधिसभालाई गराउनुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावली २०७५ मा पनि छ । संवैधानिक र कानुनी व्यवस्था अनुसार सभामुख घिमिरेले लामिछानेको पद रिक्त भएको जानकारी प्रतिनिधिसभालाई गराएका हुन् ।
प्रतिनिधिसभाको बैठक माघ २१ गते आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।



