काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ वर्गीकरण सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको बर्गीकरण गरेको हो । क्यानले १८ खेलाडीलाई भिन्न ३ ग्रेडमा समावेश गरेको छ ।
पोखरामा बसेको क्यानको बोर्ड बैठकले १८ पुरुष खेलाडी र १२ महिला खेलाडीलाई ६ महिनाका लागि करारमा राख्ने निर्णय गरेको छ ।
क्यानको करारमा परेका पुरुष खेलाडीमा ग्रेड ए मा ५ जना र ग्रेड बी मा ३ जना छन् भने ग्रेड सीमा १० जना रहेका छन् । त्यस्तै, क्यानको करारमा परेका महिला खेलाडीमा ग्रेड ए र बी मा समान ३ जना छन् भने ग्रेड सी मा ६ जना छन् ।
क्यानको करारमा परेका पुरुष खेलाडीमा कप्तान रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, आशिफ शेख र करण केसी ग्रेड ए मा कायम छन् भने ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख ग्रेड बी मा रहेका छन् ।
त्यस्तै, अविनाश बोहरा, गुलसन झा, कमल सिंह ऐरी, विनोद भण्डारी, अर्जुन साउद, विवेक यादव, देव खनाल, ललितनारायण राजवंशी, कुशल मल्ल र सागर ढकाल ग्रेड सी मा परेका छन् ।
करारमा परेका महिला खेलाडीमा कप्तान रुविना क्षेत्रीसहित सीता राना मगर र इन्दु बर्मा ग्रेड एमा कायम छन् भने अस्मिना कमाचार्य, कविता कुँवर र कजोल श्रेष्ठ ग्रेड बी मा रहेका छन् । कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योती पाण्डे र अप्सरी बेगम ग्रेड सीमा परेका छन् । क्यानलेृस बर्ष महिला क्रिकेटरको संख्या घटाएको छ ।



