काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । वुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कायम भएको छ ।
मंगलबार प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।