संखुवासभा । संखुवासभामा सुरुङ भत्किँदा एक जना कामदारको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेश्रोको सुरुङमा काम गर्ने क्रममा सुरुङ भत्किएर सो दुर्घटना भएको हो ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकका सूर्य गोले तामाङ रहेका छन् । त्यस्तै उक्त दुर्घटनामा घाइते हुनेमा भोजपुरका भीमबहादुर पाण्डे र सिन्धुपाल्चोकका मंगल तामाङ रहेका छन् ।
दुवै जना घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ ।