images
images

विद्युतीय माध्यमबाट गरिने कारोबार रकमको सीमा बढ्यो 


  • 350
    SHARES
  • २०७९ माघ १७ गते मंगलबार

    विद्युतीय माध्यमबाट गरिने कारोबार रकमको सीमा बढ्यो 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबार रकमको सीमा बढाएको छ । बैंकले भुक्तानी सम्वन्धी एकीकृत निर्देशन २०७९ जारी गर्दै विद्युतीय माध्यमबाट गरिने कारोबार रकमको सीमा बढाएको हो । 

    मोबाइल बैंकिङ्ग कारोबारको सीमा २ लाख रुपैयाँबाट बढाएर ३ लाख रुपैयाँ पुर्याएको छ भने इन्टरनेट बैंकिङ्ग कारोबारको सीमा भने २० लाख रुपैयाँमा यस्थावत राखिएको छ ।

    त्यस्तै, ई–मनीको माध्यमबाट गरिने कारोबारको सीमा पनि बढेको छ । बैंकका अनुसार बैंक खाताबाट वालेटबाट प्रतिदिन २ लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँ सम्म कारोबार गर्ने पाइने भएको छ । यसअघि बैंक खाताबाट वालेटबाट प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन १ लाख र मासिक १० लाख रुपैयाँ कारोबार गर्ने पाइने सीमा रहेको थियो । 

    वालेटबाट अन्य बैंक खाताबाट प्रतिदिन २ लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँ सम्म कारोबार गर्ने पाइने भएको छ । यसअघि वालेटबाट अन्य बैंक खाताबाट प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन १ लाख र मासिक १० लाख रुपैयाँ कारोबार गर्ने पाइने सीमा रहेको थियो । 

    त्यस्तै, एक वालेटबाट अर्को वालेटमा प्रतिदिन ५० हजार रुपैयाँ र मासिक ५ लाख रुपैयाँ सम्म कारोबार गर्ने पाइने भएको छ । यसअघि एक वालेटबाट अर्को वालेटमा  प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख र मासिक ५ लाख रुपैयाँ कारोबार गर्ने पाइने सीमा रहेको थियो । 

    विद्युतीय वालेटमा जुनसुकै माध्यमबाट रकम जम्मा भएतापनि उपर्युक्त सीमा भन्दा अधिक हुने छैन भने प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिनेछ । 


    images
    images

    Logo