काठमाडौं । सबैभन्दा बढी भ्रष्टचार हुने देशमा सोमालिया रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई) ले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष सूचकाङ्कमा सबैभन्दा कम १२ अङ्क प्राप्त गरि सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको हो ।
टीआईका अनुसार यस वर्ष सबैभन्दा कम भ्रष्चार गर्ने मुलुकमा डेनमार्क रहेको छ । सो मुलुकले सूचकाङ्कमा सबैभन्दा धेरै ९० अङ्क पाएर सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको हो ।
यस्तै यो वर्ष नेपाल जम्मा ३४ अङ्क पाएर भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा रहन सफल भएको छ । गत वर्ष नेपाल ११७ औँ स्थानमा रहेको थियो ।
यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक (स्कोर) प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा मानिने गरिएको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मूलुकमा भ्रष्टाचार गम्भिर समस्याको रुपमा रहेको उल्लेख गरिएको छ ।



