images
images

एक्सेल डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा 


  • 257
    SHARES
  • २०७९ माघ १७ गते मंगलबार

    एक्सेल डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा 

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकको संस्थापक शेयरधनीहरुकाे नाममा रहेकाे कुल १ लाख २५ हजार ३ सय ८५ कित्ता शेयर विक्री गर्ने भएको हो । संस्थापक शेयरधनी निरेश बहादुर श्रेष्ठको नाममा रहेको ८७ हजार ८ सय ८५ कित्ता र मञ्जुल भण्डारीको नाममा रहेको ३५ हजार ५ सय कित्ता विक्री गर्ने लागेकाे बैंकले जनाएकाे छ ।

    इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई इच्छुक संस्थापक शेयरधनीले सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय वितामाेड झापामा गोप्य खामबन्दी निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ । 

    तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।

     

     


    images
    images

    Logo