images
images

इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा पराजुली, अरु को को ?


  • 370
    SHARES
  • २०७९ माघ १७ गते मंगलबार

    इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा पराजुली, अरु को को ?

    काठमाडौं। इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा सुधीर पराजुली चुनिएका छन्। आइस्पानको सोमबार सम्पन्न २२औं वार्षिक साधारण सभाबाट पराजुली दोश्रोपटक सर्वसम्मत अध्यक्षमा चुनिएका हुन्।

    संघको उपाध्यक्षमा मनोज अग्रवाल, महासचिवमा नविन कुमार श्रेष्ठ र कोषाध्यक्षमा पुष्कर बडाल चयन भएका छन्। सचिवमा भने सुरेन क्षेत्री छानिएका छन्।

    त्यसैगरी, कार्यकारी सदस्यहरुमा कमल बाँस्तोला, सुदीप आचार्य, मधु अमात्य र सुजन थापा निर्वाचित भएका छन्। प्रमुख कार्यकारी अधिकृतमा सुभास खड्का दोहोरिएका छन्। 

    आइस्पानले बिनय बोहारा, विनय साउद र प्रमेश खरेललाई सल्लाहकार बनाएको छ। बोहारा यसअघि वरिष्ठ सल्लाहकार थिए भने खरेल उपाध्यक्ष थिए। यस्तै, आइस्पानले बृजेश पालिखे, रमेश काफ्ले र आशिष क्षेत्र सम्मिलित फंसनल कमिटीसमेत विस्तार गरेको छ।

    आइस्पानको साधारणसभाले इन्टरनेट सेवा प्रदायकका समस्यालाई एकरएक गरी समाधान गर्ने र सरकारलाई समस्या समाधान गर्न ध्यानाकर्षण गर्ने निर्णय गरेको छ। साथै, आइस्पानले गुणस्तरीय सेवा दिंदै इन्टरनेट क्षेत्रको विकाश गर्ने लगायतका लक्ष्य लिएको छ।


    images
    images

    Logo