भक्तपुर । भक्तपुरमा उत्कृष्ट कार्यगर्ने २४ प्रहरी नगदसहित पुरस्कृत भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले परिसरका प्रहरी नायव उपरिक्षक राजु पाण्डेसहित १३ जना, प्रहरी वृत्त थिमिका प्रहरी निरिक्षकसहित ५ र प्रहरी वृत्त जगातीका प्रहरी नायव निरिक्षकसहित ६ जनालाई पुरस्कृत गरेको हो ।
परिसरले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने, अपराध रोकथाम नियन्त्रण तथा प्रभावकारी अनुसन्धान गर्ने प्रहरीलाई पुरस्कृत गरेको हो । त्यसैगरी बालसुधारबाट फरार बालकलाई पक्राउ गर्ने, राजमार्गमा ट्राफिक प्रहरीसंग समन्वय गरी प्रभावकारी सडक सुरक्षा प्रवाह गर्ने, लागू औषध नियन्त्रण एवं पक्राउ गर्ने साथै दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई पनि पुरस्कृत गरिएको जनाइएको छ।
परिसर प्रमुख प्रहरी उपरिक्षक प्रजित केसीका अनुसार चालु आर्थिक वर्ष प्रहरी आचरण विपरीत कार्य गर्ने, डिउटीमा मादक पदार्थ सेवन गरी लापरवाही गर्ने, आफुखुशी कार्यालय छोडी अनुपस्थित रहने ७ प्रहरी कारबाहीमा परेका छन् । उनीहरूलाई प्रहरी नियमावली बमोजिम सेवाबाट हटाउने, दर्जा घटुवा, बढुवा रोक्का, नसिहद जस्ता कारवाही गरिएको केसीले बताए ।



