images
images

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई अर्थले दियो यस्तो निर्देशन


  • 301
    SHARES
  • २०७९ माघ १६ गते सोमबार

    राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई अर्थले दियो यस्तो निर्देशन

    काठमाडौं । अर्थमन्त्रालयले  राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी ३ महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ ।

    अर्थमन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताए । अर्थमन्त्री पौडेलले २०८० साल वैशाख १६ गतेसम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन्।

    राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ देखि लेखा परीक्षण हुन बाँकी छ । अर्थमन्त्री पौडेलले लेखा परीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिनु भएको छ ।

    बैठकमा अर्थमन्त्रालय राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराल लगायतको उपस्थिति रहेको थियो ।


    images
    images

    Logo