काठमाडौं । पोखरामा आइतबार जलेर गम्भीर घाइते भएकी ३५ वर्षकी संगीता सापकोटाको उपचारको क्रममा मृत्यु भएको छ । काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।
आइतबार पोखराको काहुँखोला–१३ मा डेरा गरी बस्ने ४३ वर्षीय कृष्ण बहादुर क्षेत्रीले आफ्नै शरीरमा आगो लगाएका थिए। क्षत्रीलाई बचाउने क्रममा घरबेटी स्वंय सख्त घाइते भएकी थिइन् । दुवै जनालाई छिमेकीले उद्धार गरी अस्पताल पुर्याएका थिए ।
अस्पतालमा उपचार गराइरहेका कृष्णबहादुरको हात, खुट्टा र अनुहार जलेको छ । उनको अवस्था हालसम्म सामान्य रहेको चिकित्सकले बताएका छन् । उनले आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुलेको छैन ।