images
images

ट्याक्सी र कार ठोक्किँदा दुई जनाको मृत्यु, ६ जना घाइते


  • 252
    SHARES
  • २०७९ माघ १६ गते सोमबार

    ट्याक्सी र कार ठोक्किँदा दुई जनाको मृत्यु, ६ जना घाइते

    काठमाडौं । ललितपुरको सातदोबाटो नजिक गएराति कार र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।   दुर्घटनामा ट्याक्सीमा सवार सरोजकुमार विक र कारमा सवार धनबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    उक्त घटनामा परी दुवै सवारी साधनमा सवार ६ यात्रु घाइते भएको ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए । कोटेश्वरबाट सातदोबाटोतर्फ गइरहेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा ४ च १ नम्बरको कार ठोक्किँदा घाइते भएका यात्रुको बिएण्डबी अस्तापलमा उपचार भइरहेको छ ।


    images
    images

    Logo