images
images

सवारी दुर्घटना न्यूनीकरण अध्ययन गर्न कार्यदल गठन


  • 350
    SHARES
  • २०७९ माघ १६ गते सोमबार

    सवारी दुर्घटना न्यूनीकरण अध्ययन गर्न कार्यदल गठन

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले  सरकारका पूर्वसचिव शरद्चन्द्र पौडेलको संयोजकत्वमा सवारी दुर्घटना न्यूनीकरण अध्ययन कार्यदल गठन गरेको छ ।

    उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयबाट सवारी प्रदुषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन प्रतिवेदन तयारीका लागि सो कार्यदल गठन गरेको हो । 

    कार्यदलको सदस्यमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियर क्याम्पसका डा पदमबहादुर शाही, आइटी इन्जिनियर विजय पौडेल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष वा प्रतिनिधि र यातायात व्यवस्था विभागका महानिर्देशक सदस्यसचिव रहनुभएको छ । उक्त कार्यदलले सवारी प्रदुषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्नेछ ।


    images
    images

    Logo