images
images

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 268
    SHARES
  • २०७९ माघ १६ गते सोमबार

    फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य फेरि बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कायम भएको छ । 

    आइतबार प्रतितोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुनको मूल्य २ सय रुपैयाँले बढेको थियो ।

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

     


    images
    images

    Logo