images
images

व्यापारीले आत्मदाह प्रयास गरेकै दिन अर्का व्यवसायीले गरे आत्महत्या


  • 405
    SHARES
  • २०७९ माघ १६ गते सोमबार

    व्यापारीले आत्मदाह प्रयास गरेकै दिन अर्का व्यवसायीले गरे आत्महत्या

    पोखरा । कास्कीमा एक व्यापारीले आत्मदाह प्रयास गरेकै दिन अर्का व्यवसायीले आत्महत्या गरेका छन् । कास्कीको पोखरा महानगरपालिका–९ शिव टोलको डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार साँझ घरमै झुन्डिएर आत्महत्या गरेका हुन ।

     वडा प्रहरी कार्यालय बैदामका अनुसार खाती ह्याप्पी पानी उद्योग सञ्चालकसमेत रहेका थिए।
    खातीमाथि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्यले दबाब दिएपछि ऋणको बोझले आत्महत्या गरेको प्रहरीको प्रारम्भिरक अनुसन्धानमा खुलेको छ ।

     उनी आबद्ध सहकारी सञ्चालक समितिको बैठक आइतबार मात्र बसेको थियो । बैठक सकिएपछि खातीले आत्महत्या गरेको जनाइएको छ । मृतक खातीको खल्तीमा तिर्नुपर्ने रकम विवरणसहितको चिट समेत भेटिएको प्रहरीले जनाएको छ । 

    खातीले धेरै ऋण रहेको र दुईतीन दिनअघिसम्म साथीभाइसँग सापटी माग्दै हिँडेको उनका निकटस्थहरूले बताएका छन् । पछिल्लो समय उनी कार्यरत डल्फिन बचत तथा ऋण सहकारी संस्था नाजुक हुँदै गएपछि उनी दबाब महसुस गर्न थालेका थिए । खातीका श्रीमती, एक छोरी र छोरा छन् ।

    पोखरामा आइतबार बिहानमात्र एक स्टेसनरी व्यवसायीले आत्मदाह प्रयास गर्दा ती व्यवसायी र उनलाई बचाउन गएकी महिला घाइते भएका थिए ।


    images
    images

    Logo