images
images

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त


  • 276
    SHARES
  • २०७९ माघ १५ गते आइतबार

    मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त

    काठमाडौं । मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार वीरेन्द्रकुमार ठाकुरलाई नियुक्त गरिएको छ । नवनियुक्त ठाकुरले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । 
      
    मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेशप्रमुख हरिशङ्कर मिश्रले संविधानको धारा १६० को उपधारा (२) बमोजिम नवनियुक्त मुख्य न्यायाधिवक्ता ठाकुरलाई प्रदेश प्रमुख मिश्रको उपस्थितिमा उच्च अदालत जनकपुरधामका कायम मुकायम मुख्य न्यायाधीश गुणराज ढुङ्गेलले पद तथा गोपनीयताको शपथ गराए । 

    नवनियुक्त मुख्य न्यायाधिवक्ता सिरहा निवासी हुन् ।


    images
    images

    Logo