images
images

७ अर्बले बढ्यो बैंकहरुको निक्षेप, कति पुग्यो सीडी रेसियो ?


  • 374
    SHARES
  • २०७९ माघ १५ गते आइतबार

    ७ अर्बले बढ्यो बैंकहरुको निक्षेप, कति पुग्यो सीडी रेसियो ?

    काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन ७ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार माघ १२ गते बैंकहरुको निक्षेप सो रकम बराबर बढ्न पुगेको हो । 

    माघ ११ गते ५३ खर्ब ४५ अर्ब रुपैयाँ रहेको निक्षेप १२ गते एकैदिन ७ अर्ब रुपैयाँले बढेर ५३ खर्ब ५२ अर्ब रुपैयाँमा पुगेको छ । त्यस्तै, सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन ७ अर्ब रुपैयाँले बढेको छ । माघ ११ गते ४७ खर्ब ६ अर्ब रुपैयाँ रहेको थियो १२ गते सो रकम ७ अर्बले बढेर ४७ खर्ब १३ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । 

    त्यसैगरि, सोही समयमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप भने स्थिर रहेको छ । सो समयमा अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ६ खर्ब ३९ अर्ब रुपैयाँ रहेको छ । 

    सो समयमा बैंकहरुको कर्जा लगानी पनि स्थिर रहेको छ । माघ १२ गते बैंकहरुको कर्जा लगानी ४८ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ । माघ १२ गते बैंकहरुको सीडी रेसियो पनि घटेर ८६.५६ प्रतिशतमा झरेको छ ।


    images
    images

    Logo