काठमाडौं । पुस महिनामा ३८ हजार भन्दा बढी नेपाली बैदेशिक रोजगारीमा गएका छन् । एक महिनामा कुल ३८ हजार ८ सय ६४ जना वैदेशिक रोजगारीका लागि नेपालीहरु विभिन्न देशमा गएका हुन् ।
वैदशिक रोजगारको विभागको तथ्याङ्क अनुसार संस्थागत श्रम स्वीकृती लिएर ३२ हजार ५ सय ९७ जना बैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै, व्यक्तिगत श्रम स्वीकृती लिएर जानेमा ५ हजार १ सय २ जना रहेका छन् ।
त्यस्ते, वैदेशिक रोजगारीमा जानेमा पुरुषको संख्या धेरै रहेको छ । यो एक महिनामा मात्रै ३५ हजार १ सय ७५ जना रहेका छन् भने महिना ३ हजार ६ सय ८९ जना रहेका छन् । पुस महिनामा १ हजार १ सय ६५ जना ‘जी टु जी’ मार्फत दक्षिण कोरिया गएका छन् । पुस महिनामा सबैभन्दा बढी मलेसिया गएका छन् । मलेसियामा १६ हजार ७ सय ५५ जना गएका छन् । त्यसपछि साउदी अरबमा ६ हजार २ सय ३५ गएका छन् । युएईमा ४ हजार ५ सय ४३ गएका छन् । कतारमा २ हजार ५ सय ६ र कुवेतमा २ हजार ७ सय ८९ जना गएका छन् । त्यस्तै, दक्षिण कोरियामा १ हजार २ सय ७ जना गएका छन् ।
त्यो अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या ६५ हजार ४ सय ६४ जनाले रहेको छ । पुस महिनामा वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् । धनुषाबाट १ हजार ४ सय ६६ जना वैदेशिक रोजगारीमा गएका छन् ।
त्यसपछि झापाबाट १ हजार ४ सय ४० जना, मोरङबाट १ हजार २ सय ७७, सर्लाहीबाट १ हजार २ सय ७२, सिराहाबाट १ हजार १ सय ३० जना वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाएको छ ।



