images
images

पोखरामा पनि आत्मदाह प्रयास, घाइतेको अस्पतालमा उपचार हुँदै


  • 657
    SHARES
  • २०७९ माघ १५ गते आइतबार

    पोखरामा पनि आत्मदाह प्रयास,  घाइतेको अस्पतालमा उपचार हुँदै

    काठमाडौं । पोखराको काहुँखोला–१३ मा डेरा गरी बस्ने ४३ वर्षीय कृष्ण बहादुर क्षेत्रीले आफ्नै शरीरमा आगो लगाएका छन् । आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका क्षेत्रीलाई बचाउन खोज्दा घरबेटी संगीता सापकोटा समेत जलेर घाइते भएकी छिन् । 

    दुवैलाई छिमेकीहरुले उद्धार गरीपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका छन् । उनीहरुको त्यहाँ उपचार भइरहेको प्रहरीले जनाएको छ । कृष्णबहादुर क्षेत्री बाथरुमभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि सापकोटाले जोगाउँदा उनी पनि जलेकी हुन् । क्षेत्रीले किन आत्मदाहको प्रयास गरे भन्ने यकिन थाह नभइसकेको प्रंहरीले जनाएको छ । 

    केही दिनअघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्यु भएको थियो । 

     


    images
    images

    Logo