काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोडको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो बराबरको ट्रेजरी विल जारी गर्ने लागेको हो ।
बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ५ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने लागेको हो । त्यस्तै, १८२ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ३६४ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने लागेको हो भने सो ३६४ दिनको ट्रेजरी विल नयाँ जारी गर्ने लागेको हो ।
उक्त ट्रेजरी विल २८ दिनको फागुन १६ गते परिपक्क हुनेछ भने ९१ दिनको आगामी बैशाख १९ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको अगामी साउन १६ गते परिपक्क हुनेछ भने ३६४ दिनको अगामी माघ १६ गते परिपक्क हुनेछ ।
यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।



