काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवनको सवारी साधन पार्किङ शुल्क उठाउन बोलपत्र आह्वान गरेको छ । नागरिक उड्डयन कार्यालयले आज एक सुचना जारी गर्दै बोलपत्र आह्वान गरेको हो ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको टर्मिनल भवनको उत्तर तर्फको सवारी साधन पार्किङ गर्न तोकिएको स्थानको १०५१४.८३७ वर्गमिटर क्षेत्रफलमा सवारी साधन विसान सेवा शुल्क उठाउने ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले नेपाल सरकारको सम्बन्धित निकायबाट इजाजत प्राप्त गरेका ईच्छुक व्यक्तिरसंस्थारफर्मरकम्पनीहरुले आवेदन पेश गर्नेछन्,’ जारी सूचनामा उल्लेख छ ।
बोलपत्र फाराम सूचना प्रकाशित भएको मितिबाट ३० भित्र कार्यालयमा दाखिला गर्नुपर्ने कार्यालयले जनाएको छ । सवारी साधन पार्किझ शुल्क उठाउने सेवा सञ्चालनको ठेक्का अवधि ५ (पाँच) वर्षको हुनेछ ।
कार्यालयले इच्छुक कम्पनी तथा फर्महरुले ३ हजार ३ सय ९० रुपैयाँ मूल्य अभिवृद्धि कर सहित (पछि फिर्ता नहुने) सक्कल भौचर कार्यालयमा पेस गरी प्राप्त रसिद, नवीकरण सहितको फर्म दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर/स्थायी लेखा नम्बरको दर्ता प्रमाणपत्रको प्रतिलिपि कार्यालयमा पेस गरी बोलपत्र फाराम खरिद गर्न सकिनेछ ।



