images
images

हिउँले ५ दिनदेखि अबरुद्ध नाग्म–गमगढी सडक सञ्चालनमा


  • 354
    SHARES
  • २०७९ माघ १५ गते आइतबार

    हिउँले ५ दिनदेखि अबरुद्ध नाग्म–गमगढी सडक सञ्चालनमा

    काठमाडौं । हिउँ जमेपछि पाँच दिनदेखि अवरुद्घ नाग्म–गमगढी सडक चालु भएको छ ।
    जुम्ला सडक डिभिजन कार्यालयले सडकखण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एक्साभेटर प्रयोग गरेर पन्छाएकाले अवरुद्घ सडक सञ्चालनमा आएको हो ।

    यही माग १० गते रातिदेखि  ११ गतेसम्म हिमाली जिल्लामा हिमपात हुँदा यो क्षेत्रमा दुई फिटभन्दा बाक्लो हिउँ जमेको थियो । बाक्लो हिउँ जमेपछि नाग्म गमगढी सडकमा  यातायातका साधन चल्न सकेका थिएनन् । उक्त कार्यालयले १२ गतेदेखि नैै हिउँ पन्छाउन थालेकाले सडक सञ्चालनमा आएको त्यहाँका सुपरभाइजर जङ्गी विश्वकर्माले बताए ।

    विगत वर्षमा वर्षा याममा पानी र हिउँदमा हिउँ पर्दा यो खण्डको सडक महिनादिनसम्म अवरुद्घ हुने गरेकामा  चालु आवमा सडक डिभिजन कार्यालयले पहिरो र हिउँ पन्छाउन ठाउँठाउँमा एक्साभेटर र कर्मचारी तयारी अवस्थामा राखेकाले  छिटै बाटो सञ्चालनमा आएको हो । 


    images
    images

    Logo