images
images

फेरि बढयो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 671
    SHARES
  • २०७९ माघ १५ गते आइतबार

    फेरि बढयो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य १ लाख ६ हजार रुपैयाँ कायम गरिएको छ । 

    शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले बढेर १ लाख ६ हजार रुपैयाँ कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन १ लाख ५ हजार ५ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँ कायम गरेको महासंघले जनाएको छ । 


    images
    images

    Logo