काठमाडौं । नेपाल रेडक्रस सोसाइटी उदयपुर जिल्ला शाखाको सभापति पदमा बिनोद कुमार बस्नेत निर्बिरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न शाखाको ३३औ जिल्ला सभा अधिबेशन बाट बस्नेत निर्बिरोध निर्वाचित भएका हुन् ।
यसैगरी शाखाको महिला उपसभापतिमा सम्झना राई, उपसभापतिमा हरि बहादुर कार्की, मन्त्रीमा शुभाष कुमार श्रेष्ठ, कोषाध्यक्षमा राजेश कार्की, उपमन्त्रीमा लक्ष्मी प्रसाद कट्टेल, उपकोषाध्यक्षमा प्रताप सिंह राई निर्वाचित भएका छन् ।
यसैगरी सदस्यमा संजीव थापा, प्रकाश थापा, राजु बस्नेत, पुष्कर खड्का, ज्ञानेन्द्र खड्का, चन्द्रलाल गिरी, पुष्कर शर्मा, कमला सुवेदी, शारदा कुमारी अधिकारी र सन्तोसकला तमाङ निर्बिरोध निर्वाचित भएका छन् ।