काठमाडौं । शनिबार नेपाल सरकारका सबै सरकारी वेबसाइट एकैपटक डाउन भएका छन् । नेपाल सरकार मातहतमा रहेको ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरु एकैपटक डाउन भएका हुन् ।
सरकारी मन्त्रालय, विभाग, प्राधिकरण लगायत सम्पूर्ण सरकारी संस्थान तथा विभागहरुको वेबसाइटमा समेत समस्या देखिएको छ । सर्भरमा ह्याकहरुको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएको हो। यसलाई छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
सरकारी वेबसाइट नखुल्दा त्रिुभवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसमेत रोकिएको छ ।