काठमाडौं । डोल प्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र संसदीय दलको नेता बनेका छन् । शुक्रबार सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको हो ।
हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाल सभापतिको जिम्मा दिने निर्णय गरिएको प्रवक्ता डा. मुकुल ढकालले बताए ।
समानुपातिक सांसद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन् ।