images
images

दुई सातामा काठमाडौंका सडकमा ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत 


  • 239
    SHARES
  • २०७९ माघ १३ गते शुक्रबार

    दुई सातामा काठमाडौंका सडकमा ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत 

    काठमाडौं । पछिल्लो दुई सातामा काठमाडौंका सडकमा रहेको खाल्डाखुल्डी ६५ प्रतिशत मर्मत भएको छ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकमा संरचना रहेका निकायका प्रतिनिधिसहित बैठक गरेर दुई सातामा खाल्डाखुल्डी ममर्तका लागि निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठसँगै सम्बन्धित निकायका प्रतिनिधिले उपत्यकाका विभिन्न सडकको स्थलगत अवलोकन गरेका थिए । 

    मन्त्री श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका विभिन्न निकायले आआफ्नो काम गरिरहेको भए पनि एकीकृत स्वरुपमा समन्वयात्मक ढङ्गले काम गर्न आवश्यक रहेको औँल्याए। विकास निर्माणका काम गुणस्तरीय रुपमा सम्पन्न गर्नपर्ने उनको भनाइ छ । कुनै पनि ठाउँमा समस्या देखिँदा सम्बन्धित निकायले नागरिकप्रतिको आआफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने उनको भनाइ छ । 

    उनले मन्त्रालयका तर्फबाट गर्नुपर्ने समन्वय वा कुनै पनि किसिमको सहयोग महानगरपालिका वा अरु निकायलाई आवश्यक पर्दा गर्न पनि निर्देशन दिए । उनले भने, “सबै निकायले आआफ्नो जिम्मेवारी इमान्दारीतापूर्वक पालना गर्नुपर्छ ।”

    प्राधिकरणले बत्ती बालेर जनता खुसी भए पनि उसका संरचनाका कारण सडकमा समस्या आएको भनी गुनासो आइरहेको उनले बताए ।  प्राधिकरणले बैठक गरेर समस्या समाधान गर्न लाग्नुपर्ने उनले बताए ।

    सडकमा रहेका संरचनाले सडकमा पुगेको अवरोधका विषयमा आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग कुराकानी भइरहेको उहाँले जानकारी दिए ।

    अहिले दुई सातामा एकपटक बैठक बस्ने गरिएकामा आगामी दिनमा आवश्यकताअनुसार एक दुई महिनामा बस्न सकिनेछ । काठमाडौँ उपत्यकाका सडकमा संरचना रहेका निकायबीच समन्वयका लागि काठमाडौँ सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सुपरिटेन्डेन्ट इञ्जिीनियर डा विजय जैशीको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको छ । 

    आजको बैठकले तीनकुनेस्थित बागमती पुल र बिजुलीबजारस्थित धोबीखोलाको पुल मुनिबाट करिडोर चालु गर्ने निर्णय गरेको छ । 

    नेपाल विद्युत् प्राधिकरणबाट सञ्चालित आयोजनाको निर्माणस्थलमा प्राधिकरण र सडक विभागबीच भएको समझदारीअनुसार क्षति पुगेको खण्डमा अस्थायी वा स्थायी खण्डको पुनःस्थापना गर्ने पनि निर्णय भएको छ ।


    images
    images

    Logo