images
images

रास्वपाको भोलिदेखि गर्ने भनिएको प्रदेश समितिको विस्तारित बैठक स्थगित  


  • 311
    SHARES
  • २०७९ माघ १३ गते शुक्रबार

    रास्वपाको भोलिदेखि गर्ने भनिएको प्रदेश समितिको विस्तारित बैठक स्थगित  

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलिदेखि गर्ने भनिएको प्रदेश समितिहरूको विस्तारित बैठक स्थगित गरेको छ । आज एक सुचना जारी गर्दै उक्त कार्यक्रमहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । 

    केन्द्रीय समितिको निर्णय बमोजिम पार्टीले माघ १४ देखि सबै प्रदेशमा प्रदेश समितिहरूको विस्तारित बैठक आह्वान गरेको थियो ।

    यस्तै संगठन विस्तारका सबै कार्यक्रमहरू पनि अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको प्रवक्ता मुकुल ढकालले जनाएका छन् । सर्वोच्च अदालतले पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछानेको संसद पद बदर गरेसँगै पार्टीले उक्त निर्णय गरेको हो।

    rrr_dCWkb4h2KJ.jpg


    images
    images

    Logo