images
images

१० करोड ४८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


  • 218
    SHARES
  • २०७९ माघ १३ गते शुक्रबार

    १० करोड ४८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले शुक्रवार सूचना जारी गर्दै सो रकम १ वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।  

    राष्ट्र बैंकले ८ करोड ३९ लाख रुपैयाँ क वर्गका वाणिज्य बैंकमा १ करोड ९७ लाख रुपैयाँ ख बर्गका विकास बैंकमा र ५२ लाख रुपैयाँ ग वर्गका वित्त कम्पनीहरूमा जम्मा गर्ने गरी निर्धारण गरिएको छ ।

    निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई माघ १८ गते कार्यलय समय भित्र जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६५ दिन अवधिको हुनेछ । 


    images
    images

    Logo