images
images

१०१ थान राहदानीसहित विमानस्थल २ जना पक्राउ 


  • 318
    SHARES
  • २०७९ माघ १३ गते शुक्रबार

    १०१ थान राहदानीसहित विमानस्थल २ जना पक्राउ 

    काठमाडौं । प्रहरीले १०१ थान राहदानीसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ गरेको छ । उनीहरुले अवैध रूपमा वाह्यय मुलुकतर्फ लैजान लागेको राहदानी १ सय १ थान र प्रहरी चारित्रिक प्रमाणपत्र ७९ थान सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा ३८ वर्षीय अमित बोगटी र ३८ वर्षीया सोनी कुमारी गुरुङ रहेका छन् । 

    नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पछाडी व्यागेज एरियामा एक्सरे गर्ने क्रममा लगेजबाट शंकास्पद रुपमा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र वाह्‍य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेको थियो ।

    थप सोधपुछको क्रममा उक्त राहदानीहरू रोमानियामा भिसा स्ट्याम्पिङ गर्नको लागि लान लागेको भनी वैदेशिक रोजगार विभागबाट जारी भएको भिसा स्ट्याम्पिङ निर्णय फाराम पेस गरेकोमा सो सम्बन्धमा अनुसन्धान गर्दा उक्त फाराममा उल्लेखित विवरण भएको राहदानीहरू र निजहरूको साथबाट बरामद भएको राहदानीहरूको विवरण फरक पर्न आएको बताइएको छ । 

    उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

     


    images
    images

    Logo